• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३१

यू १९ एसिया कप क्रिकेट : नेपाल १ सय ३१ रनमै अलआउट

१९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा नेपाल १ सय ३१ रनमै अलआउट भएको छ ।

बंगलादेशको ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३८ ओभर २ बलमा १ सय ३१ रनमा अलआउट भएको हो । नेपालका लागि रोहितकुमार पौडेलले ४६, रसिद खानले ३०, आशिफ शेखले २० र रित गौतमले १० रन बनाए । 

अफगानिस्तानका लागि आजमतुल्लाह उमारजाइले ४ विकेट लिए । १ सय ३२ रनको विजयी लक्ष्यसहित अफगानिस्तानले केहिबेरमा ब्याटिङ थाल्दैछ । शनिबार भएको आफ्नो पहिलो खेलमा भारतसँग १ सय ७१ रनले पराजित भएको नेपाललाई आजको खेल जित्नुपर्ने दवाब रहेको छ ।

समूह ए मा २ खेल जित्दै ४ अंकका साथ भारत शीर्ष स्थानमा छ, भने पहिलो खेल जितेको अफगानिस्तान २ अंकसहित दोस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सन्दीपले आईपीएल दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

# खेलकुद

३० कार्तिक, २०७५

 सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । १२औं सिजनको आर्इपीएलका लागि

विश्वकप क्रिकेटमा नेपालको नयाँ रोडम्याप

# खेलकुद

५ कार्तिक, २०७५

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को एक दिवसीय विश्वकपको नयाँ रोडम्याप जारी गरेको छ । सिंगापुरमा बसेको आईसीसीको बोर्ड बैठकले

नेपालको लगातार चौथो जित, भुटान ११७ रनले पराजित

# खेलकुद

२३ असोज, २०७५

आइसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार चौथो जित निकालको छ । आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित