भारतको धौलीगंगा बाँध खोलिँदै, सतर्क रहन आग्रह

सारथी खबर, दार्चुला ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाधँ बिहीबार पुनः खोलिने भएको छ । बिहीवार बिहान ८ बजेदेखि शुक्रबार बिहान ८ बजेसम्म बाँध खोलिने एन.एच.पी.सी धारचुला पिथौरागढले जनाएको छ । 
परियोजनाले बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गरीन लागेको सूचना भारतीय पक्षबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाधँ खोलेपछि महाकाली नदीमा पानीको सतह र बहाव बढ्ने भएकाले महाकाली तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानिय प्रशासनले आग्रह गरेको छ । 
दार्चुलाको दत्तुमा आज विहान मापन गरिएअनुसार महाकाली नदीको सतह ४.७० मिटर क्युसेक रहेको छ । ५.५ मिटर क्युसेक बढी पानीको सतह पुगेपछि खतरा मानिन्छ ।
दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
२८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विस २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति गरेको थियो । 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको