चिकित्सा शिक्षाबारे संसदीय समितिमा गोविन्द केसीसँग छलफल

सारथी खबर, दार्चुला

 प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ ।

समितिले बुधबार उक्त विधेयकका सम्बन्धमा छलफल गर्न प्रा डा गोविन्द केसीलाई बोलाएको थियो । प्रा डा केसीले विधेयकका सम्बन्धमा बैठकमा आफ्नो लिखित मन्तव्य राखे पनि छलफलमा भने भाग लिएनन् । उनले आफ्नो १५ औँ अनशनपछि गत साउन १० गते सरकारसँग छलफल गरी विधेयकमा परिमार्जन गर्नुपर्ने बुँदा सम्झौताका रुपमा आइसकेकाले सोही विषयमाथिको छलफलमा भाग लिन आवश्यक नभएको बताए ।

प्रा डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र दुर्गम तथा पिछडिएका ठाउँसम्म निःशुल्क, सस्तो र सुलभ सेवा पुर्‍याउने तथा विपन्न वर्गलगायत सबै विद्यार्थीको गुणस्तरीय निशुल्क, सस्तो सुलभ चिकित्सा शिक्षामा समान पहुँच सुनिश्चित गर्न आग्रह गरे ।

समितिको बुधबारको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताए । उनले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले समितिमा छलफलका क्रममा रहेका सम्बन्धित विधेयकलाई उपसमिति बनाएर छलफल गर्नुपर्ने सुझाव दिए ।

समितिका सभापतिको निर्वाचन नभइसकेकाले बैठक समितिका ज्येष्ठ सदस्य मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको थियो । समितिले बिहीबार नेपाल मेडिकल एशोसिएशनसँग अध्यादेशका सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको