नेपालकाे एेतिहासिक सफलता: प्याराग्लाइडिङमा रजत पदक

सारथी खबर, दार्चुला ।

इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ ।

प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकविहीन हुनु परेन । पदकको आशा गरिएका अन्य खेलहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्याराग्लाइडिङले भने पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको छ । बुधबार पाँचौं तथा अन्तिम चरणको खेल प्रतिकुल मौसमका कारण प्रभावित भएको थियो । यस स्पर्धाको स्वर्ण जापानले जितेको छ ।

अंकको आधारमा नेपाल पछि परेको हो । नेपाल जापानभन्दा मात्र २७ अंकले पछि परेपछि स्वर्णको सुनौलो अवसरबाट बञ्चित भएको हो । २५ किलोमिटरको टाक्स घटाएर साढे १२ किलोमिटरमा झारिएको थियो । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एसियाली खेलकुदमा पदकबिहीन हुनु परेन । पदकको आशा गरिएका अन्य खेलहरुले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्याराग्लाइडिङले भने पुरुष टिम क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको छ । बुधबार पाँचौं तथा अन्तिम चरणको खेल प्रतिकुल मौसमका कारण प्रभावित भएको थियो । यस स्पर्धाको स्वर्ण जापानले जित्यो । अंकको आधारमा नेपाल पछि परेको हो । नेपाल जापानभन्दा मात्र २७ अंकले पछि परेपछि स्वर्णको सुनौलो अवसरबाट वञ्चित भएको हो । २५ किलोमिटरको टास्क घटाएर साढे १२ किलोमिटरमा झारिएको थियो ।

जहाँ नेपालका सबै पाइलटहरुले टास्क पूरा गरे भने नेपालभन्दा अगाडि रहेको जापानका तीन पाइलटले मात्र टास्क पूरा गरे । प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुन्छन् । प्रत्येकले १००० पूर्णांक रहेको २५ किलोमिटरको टास्क पूरा गर्नुपर्छ । जसअनुसार चौथो चरणको खेलसम्म नेपाल दोस्रो स्थानमा आएको थियो । जसमा पहिलो भएको जापानको १२३९१ अंक आयो भने नेपालको ११३६४ अंक आयो । त्यसअघिका तीन चरणको टास्क सकिँदा नेपाल चौथो स्थानमा थियो । तर, चौथो चरणमा तीन पाइलटले रेस पूरा गरेका कारण नेपालले वरीयतामा फड्को मारेको हो । जारी एसियाली खेलकुदमा नेपालको यो पहिलो पदक हो भने एसियाली खेलकुदको इतिहासमै दोस्रो रजत पदक हो । यसअघि नेपाली तेक्वान्दो खेलाडी सरिता राजभण्डारीले १९९८ को बैंकक एसियाडमा रजत जितेकी थिइन् ।

नेपालले अहिलेसम्म एसियाली खेलकुदमा जितेको पदक संख्या २३ पुगेको छ । यसअघि नेपालले पदकको आशा गरिएका खेलाडीहरु कराते, तेक्वान्दो, बक्सिङ लगायतका खेलमा नेपालको प्रदर्शन सन्तोषजनक भएको थिएन । प्याराग्लाइडिङमा पुरुषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् ।

यसअघि नेपाली टोलीले एक्यूरेसी विधामा भने पदक जित्न असफल भएको थियो । - उज्यालाेबाट

प्रतिकृया दिनुहोस

२५ रनले नेपाल विजयी

काठमाडौँ, भदौ ३१  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आईतबार भएको खेलमा नेपालले

एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

सारथी खबर, दार्चुला ।  एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९

नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

सारथी खबर, दार्चुला ।  एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ ।  यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन