• ३० असोज २०७५ मंगलबार/ Tuesday 10-16-2018
  • स्टुडियो टाईम : ०४:१७

शिक्षकको गोली हानी हत्या, प्रहरी माथि पनि गोली प्रहार

सुनसरीको भुताहामा हतियारधारी समूहले एक शिक्षकको हत्या गरेको छ ।

मोटरसाइकलमा भारतबाट आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएको बताउनुभयो । 

नेपाल, भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलाई गोली हानेर उनीहरू भागेको उप्रेतीले जानकारी दिनुभयो ।

प्रहरीलाई घुस्की सीमा क्षेत्रमा गोली प्रहार भएको र घाइते एक प्रहरीलाई उपचारका लागि बिराटनगर ल्याइएको जनाइएको छ ।

अहिले जिल्लाका सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।

हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

माईखोला बाट विद्युत उत्पादन सुरु

# राष्ट्रिय

२५ असोज, २०७५

इलामको माईखोलामा निर्माण भएको सुपरमाई हाइड्रोपावरले परिक्षण प्रसारण शुरु गरेको छ । आयोजनाले माईखोलाबाट ७ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने गरि

मलेसियामा विषाक्त रक्सीले मृत्यु हुने नेपाली १० पुगे

# राष्ट्रिय

११ असोज, २०७५

मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको

जनताले कम्युनिस्ट पार्टीको विकल्प खोज्छन् : प्रचण्ड

# राष्ट्रिय

८ असोज, २०७५

 नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको टिप्पणी गरेका छन्