नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागरको उत्कृष्ट ब्याटिङ

सारथी खबर, दार्चुला ।

सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।

नेपालको सुरुवात सामान्य रहृयो । लामो समयपछि टिममा फर्किएका सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा थिए । पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेकबा खकुरेल मात्र ४ रनमा आउट भए ।

कप्तान पारस खड्काले पनि ठूलो पारी खेल्न सकेनन् । ज्ञानेन्द्रसँग २५ रनको साझेदारी गरेका पारस मात्र ८ रनमा आउट भए । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्र ५ रनले अर्धशतक बनाउन चुके । ६० बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

दिपेन्द्र सिंह ऐरी पनि व्यक्तिगत ९ रनमै आउट भए, जतिबेला टिमको स्कोर ८०/४ थियो ।

तर, सागर र आरिफ शेखले उत्कृष्ट पारी खेले । दुबैले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ४५ औं ओभरको पहिलो बलमा पाँचौं विकेटका रुपमा आरिफ आउट भए । आरिफले व्यक्तिगत ३६ रन बनाए ।

रोहितकुमार पौडेल शुन्यमै आउट भए सोमपाल कामीले पनि ५ रन मात्र बनाए । तर, नवौं नम्बरमा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र ९ बलमा २४ रनको साझेदारी गरे ।

पाँच बल बाँकी छँदा सागर ८३ रनमा रनआउट भए । ८४ बलको सामना गरेका उनले ६ चौका र दुई छक्का हाने । करणले १० बलमा २६ रन बनाउँदा भने बसन्त रेग्मीले खाता नै खोल्न सकेनन् ।

ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भ्रिज्लाल लिल्चेताले समान २-२ विकेट लिए ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस

२५ रनले नेपाल विजयी

काठमाडौँ, भदौ ३१  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आईतबार भएको खेलमा नेपालले

एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

सारथी खबर, दार्चुला ।  एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९

नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

सारथी खबर, दार्चुला ।  एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ ।  यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन