• ६ असोज २०७५ शनिबार/ Saturday 9-22-2018
  • स्टुडियो टाईम : ०३:२७

चिकित्सकलाई सबै क्षेत्रमा खटाउन बाध्यकारी ऐन ल्याउँदै सरकार

काठमाडौँ । 
सरकारले चिकित्सकहरुलाई सबै क्षेत्रमा खटाउनका लागि बाध्यात्मक व्यवस्था ल्याउन लागेको छ । सुगममा भएका डाक्टरहरुलाई दुर्गममा खटाउन र दुर्गममा भएका डाक्टरहरुलाई सुगममा काम गर्नका लागि नयाँ व्यवस्था ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले बताउनुभयो ।

उहाँले दुर्गममा भएका डाक्टरहरुको मूल्यांकन अंक बढि हुने चाँडै बढुवा हुने र सुगममा हुने डाक्टरलाई कम अंक हुँदा ढिलो बढुवा हुने भएकाले दुवैलाई समान गर्नका लागि नयाँ व्यवस्था गर्न लागिएको बताउनुभयो ।

डा. यादवले सबै नागरिकलाई समान स्वास्थ्य सेवा प्रदान गर्नका लागि र समान मूल्यांकनका लागि चिकित्सकहरुलाई १ वर्ष दुर्गम र एक वर्ष सुगम क्षेत्रमा खटाइने ऐन ल्याउन लागेको जानकारी दिनुभयो । राज्यमन्त्री यादवले दुवै क्षेत्रमा चिकित्सकलाई खटाउँदा उनीहरुको अभ्यासगत अंक र काम गर्ने सम्बन्धमा थप विज्ञता पनि बढ्ने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

शिक्षकको गोली हानी हत्या, प्रहरी माथि पनि गोली प्रहार

# राष्ट्रिय

४ असोज, २०७५

सुनसरीको भुताहामा हतियारधारी समूहले एक शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा भारतबाट आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद

विषाक्त रक्सीका कारण मलेसियामा ६ जना नेपालीको मृत्यु

# राष्ट्रिय

३ असोज, २०७५

मलेसिया । विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले ज्यान जानेमध्ये

चुनावअघिका ‘सर्वाधिक पपुलर’ अाेलीलाई कसले बनाउँदै छ खलनायक ?

# राष्ट्रिय

२ असोज, २०७५

काठमाडौं । सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायी संगठनहरूले सरकारलाई घुँडा टेकाएरै छाडे । सिन्डिकेटधारीका रोक्का रहेका बैंक खाता फुकुवा गर्न