• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३२

तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।

कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा ८६ जना सवार थिए ।

दुर्घटनामा चालक श्रीनिवाससहित ५३ जनाको मृत्यु भएको सडक सुरक्षा प्राधिकरणका कृष्णा प्रसादले बताएका छन् ।

राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री चन्द्रशेखर रावले मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

बीबीसीका अनुसार दुर्घटनाग्रस्त बस अक्टुबर २००७ मा किनिएको थियो र यो करिब १४ लाख ५० हजार किलोमिटर गुडिसकेको थियो । यो दुर्घटनापछि परिवहन निगमका १४ लाख किलोमिटर भन्दा बढी चलिसकेका गाडीलाई चलाउन बन्देज गर्न निर्देशन दिइएको छ ।

प्रतिकृया दिनुहोस

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद गठन

# अन्तरास्ट्रिय

१३ कार्तिक, २०७५

श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

# अन्तरास्ट्रिय

२५ भदौ, २०७५

दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएकाे छ ।  आइतबार बिहान

पाकिस्तानमा साउन ९ गते चुनाव हुने

# अन्तरास्ट्रिय

१३ जेठ, २०७५

पाकिस्तानमा आउँदो साउन ९ गते आम चुनाव हुने भएको छ । पाकिस्तानी राष्ट्रपति मममून हुसैनले जुलाई २५ अर्थात् आउँदो साउन ९ गते आम चुनाव गर्न सहमति जनाएका