भलिबलमा नेपालसँग मंगोलिया पराजित

सारथी खबर, दार्चुला ।

इन्डोनेसियामा जारी एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा नेपाली राष्ट्रिय भलिबल टिमले पहिलो जित निकालेको छ।

पहिलो पटक १९८२ को एसियाडमा नेपालले नर्थ यमनलाई ३–१ को सेटमा पराजित गरेको थियो।

नेपाली टिमले १३ देखि १८औँ स्थानसम्मका लागि भएको क्वार्टरफाइनलमा मंगोलियालाई ३–१ को सेटमा पराजित गर्‍यो।

सहभागी १८ राष्ट्रमध्ये १३औँदेखि १८औँ स्थानको वरियताका लागि भएको खेलमा मंगोलियालाई पराजित गर्दा नेपालले संयमित प्रदर्शन गरेको थियो ।

नेपालले मंगोलियाविरुद्धको खेलको पहिलो सेट २६–२८ ले गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त सेटमा मंगोलियामाथि कडा दवाब बनाएर पनि नेपाल अन्तिम समयमा अंक खोस्न असफल हुँदा मंगोलियाले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो।

पहिलो सेट गुमाएको नेपाल त्यसपछि लगातार तीन सेटमा जित निकाल्न सफल भयो। नेपालले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो। पहिलो सेट गुमाएपछि आक्रामक बनेको नेपाल दोस्रो सेट सहज रूपमा आफ्नो पक्षमा पार्न सफल भयो। तर, तेस्रो सेटमा नेपालले केही संघर्ष गर्नुपर्‍यो ।

प्रतिस्पर्धात्मक तेस्रो सेट नेपालले ३०–२८ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्यायो।

चौथो सेटमा पनि आफ्नो राम्रो लयलाई निरन्तरता दिँदै २५–१९ ले खेल जित्यो। - एजेन्सी

प्रतिकृया दिनुहोस

२५ रनले नेपाल विजयी

काठमाडौँ, भदौ ३१  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आईतबार भएको खेलमा नेपालले

एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

सारथी खबर, दार्चुला ।  एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९

नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

सारथी खबर, दार्चुला ।  एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ ।  यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन