• ६ असोज २०७५ शनिबार/ Saturday 9-22-2018
  • स्टुडियो टाईम : ०३:२५

झापामा एक व्यक्तिको अपहरणपछि हत्या

झापामा कपडा व्यवसाय गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 
उनका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा मंगलबार बिहान भेटिएको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । 
घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग समेत फेला परेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार बेलुका पौडेल र उनकी श्रीमती पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए । 
करिब ६ बजे पौडेलले श्रीमतीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए । सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीजञ्ज गएको पौडेलकी श्रीमतीले बताएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । 
सद्धामसँग गएका पौडेल राती अबेरसम्म नफर्किएपछि उनी अपहरणमा परेको भन्दै श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएकी थिइन् । अपहरणमा परेको सूचना पाएलगतै प्रहरीले उनको खोजतलास सुरु गरे पनि हत्या गरिएको अवस्थामा मंगलबार बिहान मात्र फेला पारेको बस्नेतले बताए । 
 

प्रतिकृया दिनुहोस

विर्तामोड नगरलाई विषादी मुक्त बनाउने दिर्घकालिन योजना

# स्थानिय

२ असोज, २०७५

नगरलाई विषादी मुक्त बनाउने दिर्घकालिन योजना अन्तरगत विर्तामोड नगरपालिकाले नगरवासीलाई निशुल्क निमका विरुवा वितरण गरेको छ । पछिल्लो समय रसायनिक

लागु औषध सहित ४ जना पक्राउ

# स्थानिय

१ असोज, २०७५

झापाको विर्तामोड बाट प्रहरीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले १४ ग्राम लागु औषध ब्राउन सुगर साथमा रहेको अवस्थामा १ भारतिय नागरिक

८ बर्ष वित्यो, पुल अझै बनेन

# स्थानिय

२६ भदौ, २०७५

८ वर्षअघि झापा धाइजनको हडिया खोलामा दुई किलोमिटर वरपर एकैपटक दुइटा पुल निर्माण सुरु भए । एउटा पुलले तत्कालीन धाइजन २ (मेचीनगर ११) मंगलीबाट धुलाबारी