• ६ असोज २०७५ शनिबार/ Saturday 9-22-2018
  • स्टुडियो टाईम : ०३:२७

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएकाे छ । 

आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले जानकारी दिएका छन् । घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

दुई बालबालिकासहित दुईजनालाई भने जीवितै उद्धार गरिएको छ ।

दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज थियाे । मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ । विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको बताइएकाे छ । 

दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ । 

यसभन्दा पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस

तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

# अन्तरास्ट्रिय

२७ भदौ, २०७५

भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको

पाकिस्तानमा साउन ९ गते चुनाव हुने

# अन्तरास्ट्रिय

१३ जेठ, २०७५

पाकिस्तानमा आउँदो साउन ९ गते आम चुनाव हुने भएको छ । पाकिस्तानी राष्ट्रपति मममून हुसैनले जुलाई २५ अर्थात् आउँदो साउन ९ गते आम चुनाव गर्न सहमति जनाएका