जापानले ल्यायो ड्राइभर बिना नै चल्ने ट्याक्सी

सारथी खबर, दार्चुला । 

अब जापानका व्यस्त सडकहरुमा ड्राइभर नभए पनि चल्ने अर्थात स्वचालित ट्याक्सी गुड्ने भएका छन् ।

विश्वमा अहिलेसम्म स्वचालित ट्याक्सी नभएको बेला जापानको टोकियोका व्यस्त रोडहरुमा यस्ता ट्याक्सी चल्न थालेका छन् ।

जापानमा हुन गइरहेको सन् २०२० को ओलम्पिक खेलको लागि विशेष आकर्षणको रुपमा यस्ता ट्याक्सी पनि रहने निर्माता कम्पनीले जनाएको छ । यसको निर्माता कम्पनी डेभलपर भेन्चर कम्पनी जेएमपी इंक र ट्याक्सी कम्पनी हिनोमारु कोत्सुले स्वचालित ट्याक्सी विश्वमा नै पहिलो भएको बताएको छ ।

दुई हप्ताको परीक्षणपछि सोमबारबाट सुरु गरिएका यस्ता ट्याक्सी अब टोकियोका व्यस्त सडकहरुमा चल्ने भएका छन् । परीक्षणको बेला सम्भावित जोखिमलाई ध्यान दिई ड्राइभर बसे पनि ड्राइभरले केही गर्नुपरेको थिएन । उक्त प्रयोगपछि निर्माता कम्पनी ट्याक्सीलाई व्यस्त सडकमा आरामले चलाउन सकिनेमा ढुक्क छन् ।

जापानमा कामदारको अभाव बढिरहेको बेला यस्ता ट्याक्सी फाइदाजनक हुने बताइएको छ ।

ट्याक्सीको ढोका खोल्नको लागि एक मोबाइल एपको प्रयोग गर्नुपर्ने र प्रति यात्रु १५ सय येन अर्थात १३ डलर तिर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस

बिमस्टेक : पाकिस्तान एक्लाउने भारतको दाउ या साँच्चैको आर्थिक विकास ?

सारथी खबर, दार्चुला । बिहीबार र शुक्रबार काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलन

प्रधानमन्त्री ओली र भुटानी सरकारप्रमुखबीच भेटवार्ता

सारथी खबर, दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली र भु्टानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार दासु छिरिङ वाङचुकबीच भेटवार्ता भएको छ ।

अमेरिका र मेक्सिकोबीच नयाँ सहमति

सारथी खबर, दार्चुला ।- नर्थ अमेरिकन फ्रि ट्रेड अग्रिमेन्ट अर्थात नाफ्टाको विषयमा अमेरिका र मेक्सिको नयाँ सहमतिमा पुगेका छन् । २५ वर्ष अगाडि