प्राविधिक मूल्याङकन नहुँदा भुक्तानी रोकियो

सारथी खबर, दार्चुला ।
तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट जिल्लामा विद्यालयको भौतिक पूर्वाधार अन्तर्गत निर्माण गरिएका विद्यालय भवन तथा शौचालयहरुको प्राविधिक  नहुँदा रकम रोकिएको छ । 
आर्थिक वर्ष ०७४।०७५ मा वितरण गरिएका भौतिक पूर्वाधार निर्माण कार्य सकिएपनि समितिले अझै रकम पाएका छैनन् । विद्यालय भौतिक विकास कार्यक्रम एसएसडिपी अन्तर्गत निर्माण गरिएका विद्यालय भवन तथा शौचालयको रकम प्राविधिक मूल्यांकन नहुँदा खाता रोक्का गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमख जयदेव महराले बताउनुभयो । गतवर्ष निर्माण सम्पन्न भएका भवन तथा शौचालयहरुको मूल्यांकन गर्न समन्वय इकाइका प्राविधिक जनशक्तिको करार म्याद थप नहुँदा प्राविधिक मूल्यांकनमा समस्या भएको महराले बताउनुभयो । 
जिल्लाको मात्र हैन देशभरमै निर्माण भएका भौतिक पूर्वाधारहरुको अवस्था उस्तै छ । प्राविधिकहरुको करार म्याद थप नहूँदा भौतिक पूर्वाधारहरुको मूल्यांकन हुन सकेको छैन् । मूल्यांकन विनै भुक्तानी गर्न नसकिने हुँदा समस्या भएको छ । आर्थिक बर्ष २०७४÷७५ का क्रमागत चारकोठे भवन चारवटा एक बर्षमा सम्पन्न हुने दुईकोठे भवन ३७ मध्ये २७ वटा सम्पन्न हुन बाँकीछन् । त्यस्तै विद्यालय मर्मततर्फ ४७ भवनमध्ये २७ वटा सम्पन्न हुन बाँकी र छात्रा शौचालयहरु ९ वटामध्ये कुनै पनि फरफारक नभएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।
शिक्षाअन्तर्गत वितरण भएका चार कोठे, दुई कोठे, भवनमर्मत र शौचालय निर्माणगरी झण्डै सातदर्जन विद्यालयहरुको अन्तिम किस्ताको करोडौँ रकम खातामै थन्किएको छ । चारकोठे विद्यालय भवन निर्माणका लागि यो बर्ष १८ लाख, दुई कोठे विद्यालय भवन निर्माणका लागि १६ लाख, भवन मर्मतको लागि एक लाख तथा शौचालय निर्माणका लागि ६ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । तर उक्त रकम काम सम्पन्न गरिएपछि मात्रै भुक्तानि गर्नु पर्ने हुनाले खातामै रोक्का गरिएको हो ।
चालू आर्थिक वर्षको साउन १ गते बाट अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुलाई काम गर्न नलगाउने परिपत्र आएपछि दार्चुला जिल्लामा कार्यरत शिक्षाका सबै प्राविधिकहरु अहिले अलपत्र अवस्था छन् । अहिले दिनहु विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्षहरु रकमको खोता खोल्न भन्दै समन्वय ईकाई धाउने गरेका छन् । असारमै सम्पन्न भएका भवनको अहिलेसम्म भुक्तानी नहुँदा कामदारले रकम मागेर सताइरहेका छन्, लटिनाथ मावि खारका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुनसिह ठगुन्नाले भन्नुभयो । शौचालय निर्माण गरेका थियौ तर हालसम्म फछ्र्याैट भएको छैन् । तिज गौरापर्व आउँदापनि कामदारले ज्याला नपाएको कारण दिनहु शिक्षा शाखा धाउनुपरेको उहाँको भनाई छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय अन्तरगत अस्थायी दरबन्दीमा ३ जना प्राविधिकहरु रहेकोमा उनीहरुको करार म्याद थप भएको छैन् । 
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले