पाहुनाले देख्ने ठाउँ सजाएर चिटिक्क

सारथी खबर, दार्चुला । – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट बाहिर निस्कनासाथ दुईवटा ठूला स्वागतद्वार राखिएका छन् ।

स्वागतद्वारमा कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिर सजाइएको छ । यस्तै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ ।

अर्को स्वागतद्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुर सहितको बिम्स्टेक राष्ट्रका झण्डाले सजाइएको छ । स्वागतद्वारमा लेखिएको छ– बुद्धको जन्मभूमि नेपालमा स्वागत छ, सगरमाथाको भूमिमा स्वागत छ । सडकका ठाउँठाउँमा यसैगरी स्वागतद्वार र बोर्ड राखिएको छ । कतै विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर राखिएको छ भने कतै डाँफे, मुनाल र हिमाली क्षेत्रको आकर्षक तस्बिर राखिएको छ । देशका बिभिन्न ठाउँका कला तथा संस्कृति झल्कने तस्बिर ठाउँठाउँमा सजाइएको छ ।

बिमस्टेकको औपचारिक उद्घाटनस्थल सोल्टी होटल, पहुनाको स्वागतका लागि आयोजना हुने रात्रिभोज हुने हायात होटलसम्मको सडकलाई झकिझकाउ बनाइएको छ । विमानस्थलबाट तीनकुनेसम्म नेपालको कला संस्कृति, पुरातात्विक सम्पदा, राष्ट्रिय जनवार, पक्षी आदि झल्कने तस्बिरले सजाइएको छ । तीनकुनेको खाली चौरबाहिर पर्खालजस्तो देखिने आकर्षक बोर्ड राखिएको छ । पाहुनाको स्वागतका लागि रङरोगन र सरसफाइको जिम्मा लिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्वागतका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

भदौ १४ र १५ गते हुन लागेको विम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीको लागि सहरलाई झिलिमिली पार्ने काम भइरहेको हो । विमानस्थलदेखि सोल्टी होटलसम्मका सडकहरु पीच गर्ने, रङ्ग्याउने, छेउछाउ बढार्ने, पोलमा अल्झेका अनियन्त्रित तारहरुलाई व्यवस्थित गर्ने तथा फोहोरका डंगुरहरु व्यवस्थापन गर्ने जस्ता काम भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)

कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक