पूल निर्माण अलपत्र हुँदा आवतजावतमै समस्या

सारथी खबर, दार्चुला ।
महाकाली लोकमार्ग अन्तर्गत काकडा खोलामा निर्माणाधिन पूल निर्माण कार्य अलपत्र छ ।  म्याद सकिएको लामो समय हुँदा पनि पूल निर्माण नहुँदा बर्षादको समयमा आवतजावतमा समस्या भएको हो । 
दार्चुला बैतडी सडक डिभिजन कार्यालय अन्तर्गत निर्माण भइरहेका पूलहरुको सम्झौता अवधि एकवर्ष अघि सएिका छन् । तर पूल निर्माणको काम अझै बाकी छ । काकडा खोला निर्माणाधिन पूलको ०७२ फागुन १७ गते निर्माण कम्पनीसँग सम्झौता भएको छ । सम्झौता अनुसार पूल निर्माणको काम ०७४ बैशाख ३१ गते सकिएको छ । पूल निर्माणको लागि १ करोड ८३ लाख बढि लागतमा दिवा चन्द्र एण्ड बसन्त जेभीले पूल निर्माण गरिरहेको हो । 
पूलको हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको छ, सडक डिभिजन कार्यालय पाटन बैतडीका इन्जिनियर शंकर खनालले भन्नुभयो । पूलको म्याद थप भएको छैन् । निर्माण कार्यपनि पूरा हुन सकेको छैन् । बर्खा लागेको कारण निर्माण व्यवसायीले काम गर्न नसकेको उहाँको भनाई छ । ०७१ सालमा आएको बाढिका कारण सो खोलामा लगाइएको पूल भत्किएको थियो । अहिले खेलामा पूल नहुँदा दिनहु सवारी साधन सो खोलामा रोकिने गरेका छन् । 
अहिले स्थानीय प्रशासनको समन्वयमा काकडामै एउटा डोजर राखिएको छ । खोला बढेपछि सवारी साधन रोकिन थालेपछि डोजर सोहि ठाउँमा राखिएको हो । अहिले सवारी साधन चलाउन र यात्रु हिडन्लाई खोलामा पुल छैन् । पूल नहुँदा स्थानीयलाई दैनिक आवतजावतमै समस्या हुने गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले