• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:०६

मेचीनगर ११ मा श्रीमानद्वारा श्रीमतीको हत्या

धुलाबारी । 
झापाको मेचीनगर नगरपालिका ११ स्थित मेचे गाँउमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन ।

मेचे गाँउका २८ बर्षिय राजिव मेचेले आफ्नै २२ बर्षिय श्रीमती मनिषा मेचेको हत्या गरेका हुन । गएराति ९÷१० बजेको समयमा घरायसी विवादको क्रममा हात्या गरेर श्रीमान फरार भएको इलाका प्रहरी कार्यालय धुलाबारीका सई भवानी नेपालीले जानकारी दिनुभयो ।

हिजो मनिषा स्थानीय मन्दिरमा पुजा गरेर फर्किए लगत्तै श्रीमान श्रीमती बीच भनाभन भएको स्थानीयको भनाई उदृत गर्दै सई नेपालीले भन्नुभयो । साँझ स्थानीयले झगडा मिलाएर फर्किपछि राति हत्या गरेर श्रीमान फरार भएको प्रहरीले जनाएको हो ।


 

हत्यारा राजिव

मृतकको सव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको र फरार राजिवको खोजी कार्य सुरु भएको प्रहरीले जानकारी दिएको छ । उनिहरु बीच यसअघि पनि पटक पटक विवाद भइरहने स्थानीयले बताएका छन । 
 

प्रतिकृया दिनुहोस

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत 

# स्थानिय

१० मङ्सिर, २०७५

सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत पहिलो चरणमा सम्पन्न कार्यक्रम बाट २० लाख ६० हजार भन्दा बढी बचत भएको छ ।  विर्तामोडमा एक कार्यक्रमको

युनिकम नेपालको मोरङ जिल्ला सम्योजकमा प्रह्लाद राउत चयन

# स्थानिय

९ मङ्सिर, २०७५

व्यापार क्षेत्रमा काम गर्ने श्रमिकहरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपालको सम्भाब्यता अध्यायन बैठक शनिबार बिराट नगर मा सम्पन्न भएको छ

नमुना बन्दै हल्दीबारी

# स्थानिय

५ मङ्सिर, २०७५

झापाका १५ वटा स्थानिय तह मध्ये हल्दीबारी गाउँपालिका उदाहरणिय बनेको छ । व्यवहारिक र जनमुखी कार्यक्रम ल्याएकै कारण हल्दीबारी उदाहरणिय बनेको हो ।