• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:०५

भारतसँग सम्झौता भएका विषय कार्यान्वयनमा लगिने प्रधानमन्त्रीको प्रतिवद्धता 

काठमाडौँ ।
नीति तथा कार्यक्रमका विषयमा संसदमा उठेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधनको प्रस्ताव फिर्ता लिन सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको राष्ट्रियसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सदस्यले उठाएका विषयलाई उच्च सम्मान गरिएको बताउनुभयो ।

उहाँले समृद्ध नेपाली, सुखी नेपालीका लागि सर्वत्र विकास आवश्यक रहेको भन्दै कृषि, उद्योग, व्यापार, उद्योग, पर्यटन, रोजगारी, पूर्वाधारका क्षेत्रमा विकास गर्नका लागि नीति तथा कार्यक्रमले आधार तयार गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भारतसँग सम्झौता भएका तर कार्यान्वयनमा नआएका विषयलाई अब कार्यान्वयनमा लगिने बताउनुभयो । प्रधानमन्त्रीले निर्यातमूलक उत्पादनमा प्राथमिकता दिइने बताउँदै आर्थिक उन्नतिका लागि पूर्वाधारको महत्व हुने भएकाले त्यसलाई सरकारले विशेष जोड दिएको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

ढोरपाटनमा भिषण आगलागी, ३० घर जले

# राष्ट्रिय

९ मङ्सिर, २०७५

बागलुङको ढोरपाटन नगरपािलका ९ (ढोर) नविमा आइतबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेको छ ।  राति दुई बजेतिर घरबाट सल्किएको आगोका कारण ३०

सँगै सुतेका श्रीमानले गरे आफ्नै श्रीमती र छोराको हत्या 

# राष्ट्रिय

२ मङ्सिर, २०७५

रुकुम पश्चिममा एक व्यक्तिले भरुवा बन्दुक र खुकुरी प्रयोग गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।  त्रिवेणी गाउँपालिका वडा नं. १ बल्लेजुराका ४६

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट बर्खास्त

# राष्ट्रिय

८ कार्तिक, २०७५

सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । सरकारले माग गरेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको