• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : १२:२१

बस पार्कको सवारी पार्किङ्गको टेण्डर आह्वानमा मिलेमतो, गुण्डागर्दी शैलीमा बञ्चित गराइएको गुनासो  

च्यातिएको फारम देखाउदै व्यवसायीहरु

मेचीनगर । 
मेचीनगर ६ स्थित काँकरभिट्टा बस पार्कको सवारी पार्किङ्गको टेण्डर आह्वानमा केही व्यवसायीसँगको मिलेमतोमा नगरपालिकाले फर्म दर्ता गर्न नमानेको व्यवसायीहरुले आरोप लगाएका छन । चालु आर्थिक वर्ष २०७५/०७६ का लागि खुलाइएको टेण्डरमा बस पार्कको लागि आफूहरुलाई फर्म दर्ता गर्नबाट बञ्चित गराएको ती व्यवसायीहरुले दावी गरेका हु्न् ।
मेचीनगरका करिब २ दर्जन फर्मवालाले आज काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिका परिसरभित्र फर्म दर्ता गर्ने क्रममा भएको गुण्डागर्दी शैलीको विरोध जनाएका छन् । 

नगरपालिकाले गत असार १३ गते काँकरभिट्टा बसपार्क सवारी पार्किङ्गका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डर आह्वानको फर्म दर्ताको अन्तिम मिति साउन १४ गतेलाई तोकिएको थियो । नगरपालिकाले सवारी पार्किङका लागि डाक बडाबड गरी ३१ लाख रुपैयाँको न्यूनतम मूल्यको टेन्डर आह्वान गरेको छ ।

फर्म दर्ता गर्ने अन्तिम दिन आइतबार करिब ३० वटा कम्पनीका सञ्चालकहरु नगरपालिका पुगेका थिए । तर, गुण्डागर्दी शैलीमा आफूहरुको फर्म नगरपालिकामा दर्ता गर्न नदिइएको टु फोर फिप्टी फोरका प्रोपाइटर प्रदेश कार्कीले बताउनुभयो । ‘निर्धारित समय भित्रै फर्म दर्ता गर्न खोज्दा पनि पाइएन’, उँहाले भन्नुभयो । 

कार्कीले नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा आफूहरुलाई फर्म दर्ता गर्न नदिइएको दावी गर्नुभएको छ ।  कार्कीले आफूहरु अन्यायमा परेको कुरा राख्दा उपप्रमुख मीना उप्रेतीले गैर जिम्मेवार जवाफ दिएको बताउनुभयो । टेन्डरका विषयमा ‘प्रितम काफ्लेलाई सोध्नु’ भनी जवाफ दिएको कार्कीले पत्रकार सम्मेलनमा बताउनुभयो । तर, उपप्रमुख उप्रेतीले यस्तो जवाफ नदिएको प्रतिक्रिया दिनुभयो । 

नगरपालिकाबाट टेन्डरका लागि ३० वटा फर्म विक्री भएको थियो । जसमध्ये ४ वटा मात्र फर्म दर्ता भएको नगरपालिकाले जनाएको छ । जसमा प्रिति स्टोर, पूजा सर्भिसिङ सेन्टर, सिम्रन फर्निचर उद्योग र तामाङ सप्लायर्सको फर्म दर्ता भएका छन् ।

फर्म दर्ता गर्न नपाएकाहरुमा लिजा स्टोर, आदित्य फर्निचर उद्योग, गौतम फर्निचर एण्ड इन्जिनियरिङ वर्कस, श्रेष्ठ ट्रेडर्स एण्ड सप्लायर्स, श्री बुद्ध निर्माण सेवा, सरु स्टोर, पाथिभरा दर्शन, टु फोर फिप्टीफोर,  दर्पण निर्माण सेवा, डिएन कन्सट्रक्सन, किराँत युमा माङ निर्माण सेवा, डिएनडी कन्सट्रक्सन सेवा, कुम्भकर्ण कन्सट्रक्सन लगायत रहेका सम्मेलनमा बताइयो ।

लामो समयदेखि ठेक्का पट्टा व्यवसायमा लागेका मेचीनगरका प्रदेश कार्की, युवराज मुखिया, दावा गोम्देन, रञ्जित कार्की, विमर्श श्रेष्ठ, सुदर्शन खड्का, नविन अधिकारी, नरेश लावती, पेमु नर्वु शेर्पालगायत पत्रकार सम्मेलनमा सहभागी थिए । उनीहरुले आफूहरु कानूनी प्रक्रिया पूरा गरेर जाँदा पनि फर्म दर्ता गर्न नदिएकाले न्याय दिन माग गरेका छन् ।

उनीहरुले न्यायका लागि जिल्ला अदालत र अख्तियारसम्म जाने बताएका छन् । उनीहरुले टेन्डर रद्द गरी पुनः टेन्डर खुलाउनुपर्ने नभए समय थप गर्नुपर्ने माग गरेका छन् ।
टेन्डर दर्ताका विषयमा नगरपालिकाले कानूनी प्रक्रिया पूरा गरेर दर्ता भएका ४ वटा फर्मलाई आधिकारीक मानी अघि बढ्ने स्पष्ट पारेको छ । नगरपालिकाकी उपप्रमुख उप्रेतीले दर्ता भइसकेका फर्मलाई नै आधार मान्न सकिने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

झापा कारागारमा बन्दी ब्रेन मास्टर सिजन २

# स्थानिय

२० पौष, २०७५

चन्द्रगढी ।  बन्दी विकास पुस्तकालय झापा कारागारको आयोजनामा “समृद्ध नेपाल निर्माणको अभियानमा अपराधलाई अन्त्य गरौँ” भन्ने नाराका साथ “बन्दी

झापामा युनिकम नेपालको विधागत संगठन निर्माण

# स्थानिय

१६ पौष, २०७५

  नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले झापामा विधागत संगठन निर्माणलाइ प्राथमिकता दिएको छ । युनिकम नेपाल अन्तर्गत वितरक कर्मचारी युनियन

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत 

# स्थानिय

१० मङ्सिर, २०७५

सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत पहिलो चरणमा सम्पन्न कार्यक्रम बाट २० लाख ६० हजार भन्दा बढी बचत भएको छ ।  विर्तामोडमा एक कार्यक्रमको