• ३ श्रावण २०७५ बिहीबार/ Thursday 7-19-2018
  • स्टुडियो टाईम : ०८:५१

आफ्नो बार्षिकोत्सवमा पूर्विद्वारको रचनात्मक कार्य

ज्यामिरगढी । 
पूर्विद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न गरेको छ । मेचीनगर–१५ को वडा कार्यालयको चौरमा रक्तदान, महिलाको पाठेघर परीक्षण र कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा आफ्ना शेयर सदस्यका छोरछोरी मध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने ४ जना विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।  

कार्यक्रममा १८ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष चेतन विष्टले जानकारी दिनुभयो ।  रक्तदान गर्नेमा १४ जना पुरुष र ४ जना महिला रहेका छन भने ८२ जना महिलाले पाठेघरको परीक्षण गराएको उँहाले जानकारी दिनुभयो । पाठेघर परीक्षण वि.एण्ड.सि. हस्पिटलको प्राविधिक सहयोग र रक्तदान कार्यक्रम विर्तामोड रेडक्रसको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । सो कार्यक्रम मेचीनगर १५ को आर्थिक सहयोगमा सम्पन्न भएको हो । 

 

 

 

 

मेचीनगर १५ का वडाध्यक्ष राजन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा ज्यामिरगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष भीम खवास, रेडक्रस ज्यामिरगढी उपशाखाका अध्यक्ष डम्बर केसि, वडा सचिव जेसु लिम्बु, ज्येष्ठ नागरिक मञ्च ज्यामिरगढीका अधयक्ष मानसिंह राजवँशी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा २०७४ सालको जिल्ला स्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

आफ्ना शेयर सदस्यहरुको सन्तति मध्येबाट सामुदायिक विद्यालयमा अध्ययनरत २ जना र निजि विद्यालयमा अध्ययनरत २ लाई नगद ५ हजार तथा प्रशंसापत्र सहित सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा ज्यामिरगढी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रहरु टेकेन्द्र चौधरी, तीर्थराज कट्टेल, सरस्वति शिक्षा सदनमा अध्ययनरत छात्र अभिषेक गुप्ता र किड्स इङ्गिलस बोर्डिङ स्कुलमा अध्ययनरत छात्रा प्रतिमा राजवँशीलाई रहेका छन । संस्थाका अध्यक्ष चेतन विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष गोपाल राउतको स्वागत तथा सचिव जितबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

कुष्ठ रोग परीक्षणका लागि मेचीनगरमा ४ दिने अभियान

# स्थानिय

२२ जेठ, २०७५

धुलाबारी ।  कुष्ठ रोग परीक्षणका लागि मेचीनगर नगरपालिकाले भोली देखी घर दैलो अभियान सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रका १५ वटै वडा कार्यलयमा ४ दिन

शिक्षा बजेटमा लागत सहभागिता खारेज गरः शिक्षक महासंघ मेचीनगर 

# स्थानिय

२० जेठ, २०७५

धुलाबारी ।  नेपाल शिक्षक महासंघ मेचीनगर नगर कार्यसमितिले आज नगर प्रमुख तथा उपप्रमुख समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल शिक्षक महासंघको राष्ट्रिय

सगरमाथा आरोही अनिश भद्रपुर नगरप्रमुखको पहिलो सल्लाहकार

# स्थानिय

१३ जेठ, २०७५

भद्रपुर ।  सर्वोच्च शिखर सगरमाथाका सफल आरोही झापा भद्रपुर निवासी अनिश लुइँटेललाई भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले सल्लाहकार मनोनित