• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३२

प्रतिनिधिसभा नियमावली पारित

काठमाडौँ ।

सत्तापक्ष र प्रतिपक्षबीच देखिएको झण्डै २ महिनाको विवादपछि प्रतिनिधिसभा नियमावली, २०७५ लाई प्रतिनिधिसभाको बैठकको बहुमतले पारित गरेको छ । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रतिनिधिसभा नियमावली, २०७५ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो ।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई कुनै उन्मुक्ति, अधिकार र सुविधा नदिने उल्लेख छ । तर निलम्बन गर्ने भन्ने शब्द राखिएको छैन ।

मस्यौदा प्रतिवेदन माथिको छलफलमा संशोधनकर्ता सांसदहरु दुर्गा पौडेल, यशोदा गुरुङ सुवेदी, पूर्णाकुमारी सुवेदी, नरबहादुर धामी, मीनेन्द्र रिजालले आ–आफ्नो संशोधनका सम्बन्धमा धारणा राख्दै सहमतिमै नियमावली पारित गर्न सुझाव दिनुभएको थियो ।

मस्यौदामाथि १५ जना सांसदले ६ वटा संशोधन हालेका थिए ।   यसअघि सभापति पोख्रेलले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन प्रस्तुत गर्दै फौजदारी अभियोग लागेका सांसदको हैसियत, सेवा सुविधा, अधिकार र उन्मुक्ति नपाउने हुँदा निलम्बनको प्रश्नमा अहिले थप बहस गर्न आवश्यक नरहेको टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट बर्खास्त

# राष्ट्रिय

८ कार्तिक, २०७५

सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । सरकारले माग गरेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको

एसपी विष्टलाई बर्खास्त गर्न गृहमा सिफारिस

# राष्ट्रिय

४ कार्तिक, २०७५

निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई

खुकुरी प्रहार गरी युवकको हत्या

# राष्ट्रिय

४ कार्तिक, २०७५

मोरङको पथरीशनिश्चरे–८ काे शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।  शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो