• ६ असोज २०७५ शनिबार/ Saturday 9-22-2018
  • स्टुडियो टाईम : ०३:२६

फन्दासिंह जिल्ला स्तरीय फुटबलको उपाधि शनिश्चरेलाई


बाहुनडाँगी । 
फन्दासिंह पाण्डे स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । बाहुनडाँगी युवा क्लबको आयोजना तथा बाहुनडाँगी जेसीजको सह आयोजनामा बिहिवार सम्पन्न फाइनल खेलमा आयोजक बाहुनडाँगी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै बनाउँदै शनिश्चरेले उपाधि जितेको हो ।

बाहुनडाँगीका सिमान्त थापाले ६१ औँ मिनेटमा आत्मघाती गोल गरेपछि सहज रुपमा प्रतियोगिताको उपाधि शनिश्चरेलाई गयो । जितसँगै शनिश्चरेले नगद ६१ हजार, ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको बाहुनडाँगीले नगद ३१ हजार ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । खेलको म्यान अफ द म्याच शनिश्चरेका हेमन्त थापा मगर भए । उनले नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा आयोजकका पुजन राई भए । उनले ६ हजार १ सय सहित मेडल प्राप्त गरे । यसैगरी उत्कृष्ट गोलरक्षकको उपाधि शनिश्चरेका किशोर गिरीले पाए । उत्कृष्ट डिफेन्स आयोजकका सिमान्त थापा, उत्कृष्ट मिडफिलड आयोजकका रोशन आचार्य, उत्कृष्ट स्टाइकर शनिश्चरेका सरोज कार्की, सर्वाधिक गोलकर्ता आयोजक पुजन राई, उत्कृष्ट कोच शनिश्चरेका निरबहादुर लिम्बू र उदयमान खेलाडीका रुपमा आयोजकका आशिष सुब्बा घोषित भए । उनीहरुलाई जनही ३ हजार १ सय सहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरियो ।

विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, विशेष अतिथि जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, जिल्ला महासचिव सुन्दर बस्नेत, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, समाजसेवी रबि नेपाल, सरस्वती माविका प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष अनुप कार्की, आयोजक क्लबका अध्यक्ष पोषककुमार दर्जी, सह आयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन मोते, महासचिव सागर कार्की, समाजसेवी निलकण्ठ तिवारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

गत जेठ १७ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो । यसैगरी नेपाल पत्रकार महासंघ झापा र बाहुनडाँगी जेसीजबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको थियो । बाहुनडाँगी जेसीजका महासचिव सागर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विक्रम थापाले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

भारत र अफगानस्तानसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली युवा टोली भारत जाँदै

# खेलकुद

२५ भदौ, २०७५

भारत र अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न १९ वर्षमुनिको नेपाली क्रिकेट टोली आज लखनउ जाँदैछ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड

मेचीनगर १० र १३ सेमिफाइनलमा 

# खेलकुद

१५ जेठ, २०७५

धुलाबारी ।  झापाको मेचीनगर ५ मा जारी युवा संघ नेपाल अन्तर वाडस्तरीय फुटवल प्रतियोगिताको क्वाटरफाइनलका खेल आज बाट सकिएका छन । क्वाटरफाइनलका खेल

मेचीनगर एक र तीन सेमिफाइनलमा

# खेलकुद

१४ जेठ, २०७५

धुलाबारी ।  झापाको मेचीनगर नगरपालिका ५ मा जारी युवासंघ नेपाल अन्तर वाड स्तरीय फुटवल प्रतियोगितामा आज सम्पन्न खेलमा मेचीनगर नगरपालिका वडा नम्बर १ र