• १० असार २०७५ आइतबार/ Sunday 6-24-2018
  • स्टुडियो टाईम : ०१:००

कुष्ठ रोग परीक्षणका लागि मेचीनगरमा ४ दिने अभियान

धुलाबारी । 
कुष्ठ रोग परीक्षणका लागि मेचीनगर नगरपालिकाले भोली देखी घर दैलो अभियान सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रका १५ वटै वडा कार्यलयमा ४ दिन सम्म अभियान सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक शशिकला राईले जानकारी दिनुभयो ।

शाखाले आज नगरपालिकाको सभाहलमा कुष्ठ रोग सम्बन्धि नगरपालिका स्तरीय समन्वय समिति र सञ्चारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर कुष्ठ रोग सम्बन्धि जानकारी दिएको छ । संयोजक राईले कुष्ठ रोग लागेपछि स्पर्श शक्ती हराउने जानकारी दिनुयभयो ।

फुस्रो दाग बस्नु, नचिलाउनु अथवा नदुख्नु कुष्ठ रोगको प्रमुख लक्षण रहेको सो अवसरमा जानकारी दिइयो । कुष्ठ रोग लागेपछि हातखुट्ट बाङ्गिने, नसा फुलिने, शरिरका अंगहरु नचल्ने, नाक फुल्ने, अङ्गभङ्ग हुने जस्ता समस्याहरु देखा पर्ने संयोजक राईले जानकारी दिनुभयो ।

कुष्ठ रोग सरुवा रोग भएपनि कम मात्रामा सर्ने गरेको उँहाले बताउनुभएको छ । कुष्ठ रोग पहिचान गर्नका लागि अभियान सञ्चालन गरिन लागिएको बताइएको छ ।

अभियानमा नगरक्षेत्रभरी ५० जना भोलेन्टियरहरु खटिने छन । मेचीनगरमा यो आर्थिक बर्षमा ८ जना रोगीहरुले औषधी सेवन गरेका जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

आफ्नो बार्षिकोत्सवमा पूर्विद्वारको रचनात्मक कार्य

# स्थानिय

७ असार, २०७५

ज्यामिरगढी ।  पूर्विद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ बार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न गरेको छ । मेचीनगर–१५ को वडा

शिक्षा बजेटमा लागत सहभागिता खारेज गरः शिक्षक महासंघ मेचीनगर 

# स्थानिय

२० जेठ, २०७५

धुलाबारी ।  नेपाल शिक्षक महासंघ मेचीनगर नगर कार्यसमितिले आज नगर प्रमुख तथा उपप्रमुख समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाल शिक्षक महासंघको राष्ट्रिय

सगरमाथा आरोही अनिश भद्रपुर नगरप्रमुखको पहिलो सल्लाहकार

# स्थानिय

१३ जेठ, २०७५

भद्रपुर ।  सर्वोच्च शिखर सगरमाथाका सफल आरोही झापा भद्रपुर निवासी अनिश लुइँटेललाई भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले सल्लाहकार मनोनित