फूपु बन्दा केकीलाई फाइदा कि घाटा ?

 

सारथी खबर, दार्चुला ।

२ बर्षाले नगरेको भूमिका गरेर नायिका केकी अधिकारीले ‘नाई नभन्नु ल ५’मा इन्ट्री मारिन् । आफ्नो करिअरमा एउटा पनि हिट चलचित्र दिन नसकेकी केकीलाई यो ब्रान्डको लोभ लागेको हुनसक्छ ।यो चलचित्रमा नायिका अधिकारीको सुरुदेखि अन्तिमसम्म भूमिका छ । केकीको भूमिका हेर्दा २ बर्षाले किन यो चलचित्र गरेनन् भन्ने प्रश्न उठाउन सकिन्छ । अनुभव रेग्मीको फूपूको भूमिकामा देखिएकी केकी सुरुवातदेखि अन्त्यसम्म हाबी छिन् । तर, यो चलचित्रको प्रचारमा नायिका अधिकारीलाई यसको निर्माणपक्षले अगाडि ल्याएन, उनले पनि खासै चासो देखाइनन् ।

चलचित्रमा भूमिका दमदार भएपनि केकीलाई यसको व्यापारले खासै फाइदा हुने देखिदैन । किनकी, यो चलचित्रको मुख्य भूमिकामा केकी होइनन् । केकी अधिकारीले खेलेको भूमिका अरु कसैले गरेको भएपनि यसको व्यापारमा कुनै असर पर्दैनथ्यो । चलचित्रको सफलताको क्रेडिट यसको कथा, ब्रान्ड, गीतसंगीतपछि नव-बालकलाकार सेड्रिना शर्मा र अनुभव रेग्मीले लगेका छन् । यसैले पनि केकीका लागि एउटा हिट चलचित्र बजारमा आयो भन्ने त होला, तर यसको व्यापार उनको करिअरका लागि त्यती ठूलो अर्थ राख्ने खालको भने देखिदैन । विकासराज आचार्य निर्देशित यो चलचित्र रिलिजको ५ दिनमै लगानी सुरक्षितको बाटोमा लागेको छ । अनलाईन खबर

प्रतिकृया दिनुहोस

गौरा पर्वको बिशेष दिन अष्ठमी ‘अठवाली‘ धुमधामकासाथ मनाइदै

सारथी खबर, दार्चुला । गौरा पर्वको बिशेष दिन अठवाली अर्थात अष्टमी पर्व आज, दार्चुला लगायत सिगों प्रदेश नम्बर ७ मा हर्षोल्लासका साथ मनाइँदै छ । अष्ठमी

अनमोल केसी पारिश्रमिक नलिइ सांगीतिक कन्सर्टमा

सारथी खबर, दार्चुला । – नायक अनमोल केसी ’अनमोल इभ-२०१८’ का निम्ति मोफसल भ्रमणमा निस्किएका छन् । अनमोलका साथमा उनका पिता भुवन केसीसमेत सँगै छन् ।

इन्टरनेटकाे नशा

सारथी खबर, दार्चुला । माथिको तस्बीर दार्चुला जिल्लाका प्रमुख हस्तीहरु जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिका प्रमुखहरु, बिभिन्न कार्यालय, संघ