• १० असार २०७५ आइतबार/ Sunday 6-24-2018
  • स्टुडियो टाईम : ०१:०४

मेचीनगर १० र १३ सेमिफाइनलमा 

धुलाबारी । 
झापाको मेचीनगर ५ मा जारी युवा संघ नेपाल अन्तर वाडस्तरीय फुटवल प्रतियोगिताको क्वाटरफाइनलका खेल आज बाट सकिएका छन । क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै भोलीबाट सेमिफाइनलका खेल सुरु हुने आयोजक युवा संघ नेपाल ५ नम्बर वडा कमिटिका अध्यक्ष तिलक बस्नेतले जानकारी दिनुभयो । आज सम्पन्न अन्तिम क्वाटरफाइनलका खेलहरुमा मेचीनगर ३ र १० विजयी भएका छन । 

आजको पहिलो खेलमा मेचीनगर १० ले १५ लाई ६–२ गोल अन्तरले पराजित गरेको छ । मेचीनगर १० का लागि निशान्त सुब्बाले ४ गोल गरे । त्यसैगरी निरज श्रेष्ठ र दिपक राईले १–१ गोल गरे । मेचीनगर १५ का लागि मनिष बुढाथोकीले २ गोल गरे पनि हारबाट जोगाउन सकेनन् । 

त्यसैगरी आजको दोस्रो खेलमा मेचीनगर १३ ले ५ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । मेचीनगर १३ का लागि गोल रक्षक विशाल मुखियाले अप्रत्यासित गोल गरे । मेचीनगर ५ का खेलाडीले फल गरेपछि पाएको फ्रि किकलाई गोल रक्षक मुखियाले गोलमा परिणत गर्न सफल भएका थिए । खेलको अन्तिम समयमा मुखियाले गरेको गोल जीतका लागि महत्वपुर्ण रहयो । यस अघि मेचीनगर १३ का सुमन कार्कीले १ गोल तथा मेचीनगर ५ का कृष्ण घिमिरेले १ गोल गरेका थिए । 

आजको खेलमा विजयी भएका मेचीनगर १३ र १० भोली हुने पहिलो सेमिफाइनलको खेलमा आमनेसामने हुने छन । युवा संघ नेपाल ५ नम्बर वडा कमिटिको आयोजना तथा मेचीनगर कमिटिको संयोजनमा नक्कलबन्दा स्थित मदन टोलको खेलमैदानमा प्रतियोगिता जारी छ । 
 

प्रतिकृया दिनुहोस

फन्दासिंह जिल्ला स्तरीय फुटबलको उपाधि शनिश्चरेलाई

# खेलकुद

२४ जेठ, २०७५

बाहुनडाँगी ।  फन्दासिंह पाण्डे स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे फुटबल क्लबले जितेको छ । बाहुनडाँगी युवा क्लबको आयोजना तथा

मेचीनगर एक र तीन सेमिफाइनलमा

# खेलकुद

१४ जेठ, २०७५

धुलाबारी ।  झापाको मेचीनगर नगरपालिका ५ मा जारी युवासंघ नेपाल अन्तर वाड स्तरीय फुटवल प्रतियोगितामा आज सम्पन्न खेलमा मेचीनगर नगरपालिका वडा नम्बर १ र

अन्तर वाड स्तरीय फुटवलः चारवटा टोली क्वाटरफाइनलमा

# खेलकुद

१३ जेठ, २०७५

मेचीनगर ।  झापाको मेचीनगर नगरपालिका ५ मा जारी युवासंघ नेपाल अन्तर वाड स्तरीय फुटवल प्रतियोगिता अन्तर्गत आज ४ वट खेल सम्पन्न भएका छन । आज सम्पन्न