निशुल्क पशु वितरण गर्दै नगरपालिका

सारथी खबर, दार्चुला ।

महाकाली नगरपालिकाले छाँडा पशु चौपायालाई खुलामञ्चबाटै निशुल्क वितरण शुरु गरेको छ । भदौ ४ गतेबाट नियन्त्रणमा लिइएका पशु चौपाया व्यक्ति तथा फर्मलाई निशुल्क रुपमा वितरण शुरु गरेको हो । 
पटक पटक सूचना प्रसारण गरेर छाडा पशु चौपाया नछोड्न आग्रह गर्दा पनि वेवास्ता गरेर खुला छोडिएका पशु चौपायालाई नगरपालिकाले भदौ ४ गतेबाट नियन्त्रणमा लिएको थियो । भदौ १० गतेसम्म सम्बन्धित पशु धनीलाई आफ्नो पशु चौपाया लिन गरेको समयमा पनि २।४ जना अभिमावक बाहेकले पशु चौपाया फिर्ता नलिएपछि नगरपालिको बाध्य भएर निशुल्क वितरण शुरु गरेको महाकाली नगरपालिका वडा नम्बर वडाअध्यक्ष पुष्करराज जोशीले बताउनुभयो । नगरपालिकाले दुइ दर्जन पशु चौपायालाई नियन्त्रणमा लिएको हो । बजारमा खुला रुपमा छोडिएका पशु चौपाया नियन्त्रणको लागि भन्दै यो अभियान थालिएको हो । पछिल्लो समय लागू भएको मूलुकी अपराध संहिता ऐन २०७४ को दफा ११७ मा कसैले पनि पशुपछी छाडा छोड्न नहुने उल्लेख गरेको छ । आफ्नो नियन्त्रणमा रहेका वा जिम्मा रहेका कुनै पशुपंक्षी अर्काको घर जग्गामा वा सार्वजनिक बाटो घाटो वा सार्वजनिक स्थलमा छाडा छोडेको पाइएमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवना वा दुवै सजाय हुने उल्लेख गरिएको छ । नगरपालिकाका छाडा छोडिएका पशु चौपायाका कारण बजार दुर्गन्धित हुँदै गएको तथा सवारी तथा स्थानीयलाई आवतजावतमै समस्या हुन थालेपछि नियन्त्रणमा लिएर वितरण गर्न लागिएको अध्यक्ष जोशीको भनाई छ । यसअघि नगरपालिकाले छाँडा पशुहरुको कानमा ट्याग लगाउने काम गरेको थियो । नगरपालिकामा जनप्रतिनिधि आइसकेपछि छाडापशचौपाया नियन्त्रणमा लागेको भएपनि अझै पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । पशु धनीहरुले जथाभावी पशु चौपाया छोडेर बारी तथा बजारमा आजतजावतमै समस्या गर्न थालेका छन् । अहिले नियन्त्रणमा लिएका पुश चौपायालाई सदरमुकाम खलंगाको खुलामञ्चमा बाधिएर राखिएका छन् । उनीहरुलाई नगरपालिकाले अहिले घास पानीको व्यवस्थापन गर्दै आइरहेको नगरपालिकाले जनाएको छ । मुलुकी अपराध संहिता ऐनको परिच्छेद २७ को दफा २९० मा पशुपंक्षिप्रति निर्दयी व्यवहार गरेर कुट्ने, हिर्काउने, बोक्ने सक्ने भन्दा बढि क्षमताको भारी बोकाउने, घाउ खटिरा, वा अन्य कारणबाट याताना दिन नहुने उल्लेख गरिएको छ । सो अनुसार कुसर भएको पाइएमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
सोहि परिच्छेदको धारा २८९ मा कसैले गाइ गोरु मार्न वा कुट्न नहुने उल्लेख गरिएको छ । यदि कसैले गाई गोरु मार्ने वा कुट्पीट गरेर अंगभंग गराएको पाइएमा तीन वर्षसम्म कैद वा पचास हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको