दार्चुलाका आधादर्जन गाउँपालिका विद्युतविहिन हुदा ७३ हजार जनसंख्या अन्धकारमा

सारथी खबर, दार्चुला ।
दार्चुला जिल्लाका आधादर्जन गाउँपालिकाका करिब ७३ हजार जनसख्या अझै विद्युत सेवा पुग्न सकेको छैन । अपिहिमाल, मार्मा, नौगाड, लेकम, दुहु र व्यास गाउँपालिकामा राष्ट्यि प्रसारण लाइनको विद्युतीकरण नहुँदा स्थानीयवासी अँध्यारोमा बस्न बाध्य छन् । ९ वटा स्थानीय तह रहेको दार्चुलाको दुई नगरपालिका र १ गाउँपालिका बाहेक अन्य क्षेत्रमा विद्युतको राष्टिय प्रसारण लाइन जोडिन सकेको छैन् । 
जिल्लाका हालसम्म २७ प्रतिशत घरधुरीले मात्रै विद्युतीकरणको सेवा पाएका छन् । गत आर्थिक वर्षबाट जिल्लाका अपिहिमाल र नौगाड गाउँपालिकाबाहेकमा विद्युतीकरणको लागि टेण्डर भएपनि अझै काम सम्पन्न हुनसकेको छैन् । ती गाउँपालिकाहरुमा विद्युतको पोल गाड्ने काम भएको छ । अपिहिमाल र नौगाड गाउँपालिकामा भने अझै विद्युतीकरणको लागि टेण्डर भएको छैन् ।  स्थानीय तहका जनप्रतिनिधिले विद्युतीकरणको लागि प्रयास गरेपनि पूर्णता पाउन सकेको छैन् । 
विद्युत् नहुँदा गाउँपालिका तथा विषयगत कार्यालयका कामकाजसमेत प्रभावित हुने गरेका छन् । कम्प्युटरबाट हुने कामकाजका लागि कर्मचारीलाई विद्युत अभावमा सदरमुकाम जानुपर्ने बाध्यता छ । बिजुली अभावमा गाउँपालिकाले दिने सेवा पूर्णरूपमा दिन नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन । अहिले ती गाउँपालिकाका केन्द्रमा सोलार जडान गरिएको भएपनि वर्षाका कारण चार्ज नहुँदा समस्या हुने गरेको अपिहिमाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय  अधिकृत लक्ष्मणसिह धामीले बताउनुभयो । 
फोटोकपी प्रिन्ट गर्नै समस्या हुन्छ, उहाँले भन्नुभयो । दिनहु वर्षा हुँदा काम गराईमा समस्या हुने गरेको हो । विद्युत् अभावका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ । स्थानीयलाई  मोबाइल चार्ज गर्न समेत समस्या छ । त्यस्तै, विद्युत् नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको छ । पाँच वर्ष अघिबाटै विद्युतीकरणको लागि बजेट विनियोजन गरिएको भएपनि प्राविधिक समस्या तथा विद्युत प्राधिकरणसँग समयमै समन्वय हुन नसक्दा समस्या भएको छ । 
ढिलो गरी टेन्डर हुनु, निर्माण व्यवसायिले लार्पावाही गर्नु, समयमै प्राधिकरणले उपकरण उपलब्ध नगराउनु जस्ताकारणले विद्युत्को काम प्रभावित बनेको हो । केहि स्थानीय तहमा निर्माण व्यवसायीले ठाउँ ठाउँमा पोल गाड्ने काममात्र सकेका छन । तार तान्ने, ट्रान्समिटर जडान गर्ने लगायतका अधिकांश काम अधुरै छन । चमेलिया जलविद्युत आयोजनाबाट दार्चुला सदरमुकाम खलंगा विद्युत ल्याउनको लागि महाकाली नगरपालिकाको थालीगाडमा ट्रान्सफर्मर राख्ने वनको विवाद्का कारण समाधान हुन सकेको छैन् । 
जिल्लामा चमेलिया ३० मेगावाट, नौगाड ८ दशमलव ५ मेगावट जस्ता खोलाबाट विद्युत उत्पादन भएपनि यहिकै नागरिकले अहिलेसम्म विद्युत बाल्न नसकेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । नौगाड खोलाबाटै नौगाड र माथिल्लो नौगाड बनिरहेका छन्, तर हाम्रै गाउँपालिकामा विद्युतीकरणको लागि केहि काम हुन सकेको छैन् । 
 
 


 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले